प्रेम चलाउनेको मुद्दामा बल्लतल्ल सुरु भयो फैसला सुनवाइ, आज हेर्दाहेर्दैमा – Nepal Press

प्रेम चलाउनेको मुद्दामा बल्लतल्ल सुरु भयो फैसला सुनवाइ, आज हेर्दाहेर्दैमा

चलाउनेको तर्फबाट २९ जना वकिलले बहस गर्दै (सूचीसहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनले आफूमाथि भएको सांघातिक आक्रमण गर्नेहरुविरुद्ध हालेको मुद्दामा आज फैसला सुनवाइ अघि बढेको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश उत्तम सिलवालले मुद्दाको सुनवाइ थालेका हुन् ।

प्रतिवादीहरुले मुद्दाको अन्तिम सुनवाइ हुन नदिनका लागि अनेकन तिकडम लगाएका थिए । भ्याकेटको निवेदन देखाएर मुद्दाको सुनवाइलाई अड्काउन खोजे पनि उनीहरुको प्रयास असफल भएको छ । न्यायधीश सिलुवालले आज मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । अब भोलि बहस सकिएमा फैसला आउन सक्छ ।

सर्वोच्च अदालतले चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा यथाशीघ्र टुंगो लगाउन गत ९ साउनमा जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसविरुद्ध एक प्रतिवादीले अन्तरिम आदेश खारेज गरिपाउँ भन्दै भ्याकेटको निवेदन दिएका थिए ।

सोही निवेदन देखाएर फैसला सुनवाइ रोक्न खोजिएको थियो । दुईपटक विभिन्न बहानामा पेशी स्थगन पनि गराउन उनीहरु सफल भए । तर, आज भने सुनवाइ अघि बढेको छ । यसअघि दुईपटक सुनवाइ सुरु भएर पनि हेर्दाहेर्दैमा नराखी रद्द गरिएको थियो । आज भने हेर्दाहेर्दैमा राखिएको छ ।

आज वादी चलाउनेका तर्फबाट बसन्त जोशी, चन्द्रप्रसाद सञ्जेल र रमेश बडालले आज बहस गरेका हुन् । यो मुद्दामा २८ जना वकिलहरुले चलाउनेको तर्फबाट स्वेच्छिक तवरले बहस गर्न नाम लेखाएका छन् । बाँकी वकिलहरुले भोलि बहस गर्नेछन् । आज प्रतिवादीका तर्फबाट एक वकिल उज्ववल राम घिमिरेको बहस सुनिएको थियो ।

त्रिवि समाजशास्त्र विभागका उपप्रध्यापक चलाउनेमाथि २०७७ साल असोज २० गते भौतिक आक्रमण भएको थियो । त्यसको केही दिनपछि चलाउनेले जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । आक्रमणमा नेविसंघका नेता–कार्यकर्ता संलग्न थिए । घटनामा नेविसंघ त्रिवि इकाइ समितिका तत्कालीन सभापति हरिप्रसाद आचार्य, सचिव योगेन्द्र रावल, दीपकराज ओझा रविन लामा रुपेश साह लगायतमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलेको हो ।

चलाउनेको तर्फबाट निशूल्क मुद्दा लडिरहेका वकिलहरुः

चन्द्रप्रसाद सञ्जेल
बसन्त जाेशी
ओमप्रकाश अर्याल
रमेश बडाल
राधिका खतिवडा
सुरज बस्नेत
सुनीता राउत बस्नेत
टिकाबहादुर कुँवर
भूपाल बस्नेत
रामबहादुर खड्का
दिनेश त्रिपाठी
सुरेन्द्र भण्डारी
मोहना अन्सारी
त्रिलोक बहादुर चन्द
ज्ञानेन्द्र आरण
शिवराज श्रेष्ठ
इन्द्र अर्याल
राजुप्रसाद चापागाईं
श्रीकान्त बराल
चन्द्रप्रसाद भुषाल
युवराज शर्मा
ईश्वरी भट्टराई
जितेन्द्र मइई
हरि पंगेनी
रामचन्द्र पौडेल
यासुव घिमिरे
पुनदेवी महर्जन
भोजराज आचार्य
विरभद्र जोशी

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर