संघीयता कार्यान्वयन गर्न प्रचण्ड, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल – Nepal Press

संघीयता कार्यान्वयन गर्न प्रचण्ड, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल

‘अब दिल खोलेर अधिकार दिनुपर्छ, कन्जुस्याईं गर्नु हुँदैन’

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता मजबुत पारेर देश बदल्न अब शासकहरुले कन्जुस्याईं गर्न नहुने अभिव्यक्ति दिएका छन् ।

जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले शासकको कन्जुस्याईले स्थानीय तह र प्रदेशहरु पाएको अधिकारबाट पनि बंचित रहेको बताए । उनले भने, ‘संघीयताको मर्म अनुसार स्थानीय तह र प्रदेशहरुलाई अधिकार दिन कन्जुस्याई भएको छ । अब दिल खोलेर अधिकार दिनुपर्छ । अधिकार दिन कन्जुस्याईं गर्नु हुँदैन ।’

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले संविधानले प्रदेशलाई दिएको अधिकार समेत नपाएको र सोही कारण संघीयता खतरामा परेको राष्ट्रपति पौडेलसँग गुनासो गरेका थिए ।

उनले राष्ट्रपति पौडेललाई भने, ‘देशमा लोकतान्त्रिक गणतन्त्र आएपछि नै तपाई राष्ट्रपति बन्नु भो । म मुख्यमन्त्री बनेको छु । तर संघीयता कार्यान्वयण नभएपछि जनता निराश भएको छ ।’

निजामती ऐन र प्रहरी समायोजनका लागि पहल गर्न समेत आग्रह गरेपछि राष्ट्रपति पौडेलले अब सबै अधिकार पाउने विश्वास दिलाए । राष्ट्रपति पौडेलले प्रचण्ड, केपी ओली र शेरबहादुर देउवालाई बोलाएर स्थानीय तह र प्रदेशलाई अधिकार दिनेबारे सम्झाउने प्रतिवद्धता जनाए ।

उनले भने, ‘खासगरी देशका तीन जना मुख्य शासकहरु प्रचण्ड, ओली र शेरबहादुर देउवा ज्यूलाई बोलाएर भन्छु अधिकार दिन कन्जुस्याईं नगर्नुस् । तीन जना चाहनुहुन्छ भने देश बदलिन्छ । संघीयता बलियो हुन्छ । म तीनै जनालाई बोलाएर सम्झाउँछु ।’


प्रतिक्रिया

One thought on “संघीयता कार्यान्वयन गर्न प्रचण्ड, ओली र देउवालाई सम्झाउँछु : राष्ट्रपति पौडेल

  1. तिमीले सम्झाउने हैन आफै सम्झने हो। बिभिन्न बहानामा कस्ता कस्ता ज्यानमारालाई जेल मुक्त गरेउ जनताले हेरेर बसेका छन।यही हो तिम्रो संघियता कार्यान्वयन महामहिम??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर