एमाले कम्युनिष्ट विचारकहरुको पार्टी रहेन: माधव नेपाल


रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अब कम्युनिष्ट पार्टी नरहेकाले भ्रममा परेर, प्रलोभनमा परेर एमालेमा रहेकाहरुलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् ।
प्यूठानको जुम्रीमा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रममा नेता नेपालले भने, ‘एमाले अब कम्युनिष्ट विचारकहरूको पार्टी रहेन । त्यहाँ विचार र नीति प्रधान छैन । यसकारण इमानदार कार्यकर्ताहरू एमाले छाड्दै नेकपा एकीकृत समाजवादी पार्टीमा आउने क्रम जारी छ । यो अभियान देशव्यापी हुनेछ ।’
नेपाली राजनीतिको वर्तमान आवश्यकता समाजवाद भएको र समाजवादको यात्रामा सबै एकजुट भइ अघि बढ्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले समाजवादको कार्यान्वयनले नै अबको राजनीतिले सही दिशा लिने बताए ।
कार्यक्रमअघि जिल्लास्थित पत्रकारहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले अहिलेको गठबन्धन सरकार ५ वर्ष नै कायम रहने बताए । अहिलेको गठबन्धन देशको आवश्यकताले बनेको दावी गर्दै उनले गठबन्धनमा अहिले ८ दल समावेश रहेको र सरकार बाहिरका दलहरू पनि सरकारको समर्थनमा रहेको बताए ।
वामपन्थी एकतालाई अगाडि बढाउन समाजवादी मोर्चा निर्माण गरिएको बताउँदै उनले भने, ‘काँचो एकता होइन, बलियो एकता बनाउन खोजेका छौं । जनताको माग, कम्युनिष्टहरुको माग हो, एकतामा जानुपर्छ ।’
एमाले तिमीजस्तो दिल्लीको दलाल चाहि रहेन एमाले ।