बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती हुँदै – Nepal Press

बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती हुँदै

रुपन्देही । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुने भएको छ ।

विश्व पर्यटन दिवसलाई उपलव्धिमूलक बनाउन असोज ९ गते सन्ध्याकालीन महाआरती कार्यक्रम गर्न लागिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी दिइन् । बुटवलको पुलचोकस्थित दुर्गामन्दिर परिसरमा आयोजना हुने महाआरती कार्यक्रम लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण हुने उनले बताइन् ।

कार्यक्रमको पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवद्र्धक रहेको छ भने बुटवल उपमहानगरपालिकाले सहकार्य गरेको छ । महाआरती कार्यक्रममा नेपालका आधिकारिक एवं ऐतिहासिक प्रथम जगतगुरु अनन्तश्री विभूषित “बालसन्त” मोहनशरण देवाचार्य महारा आउने नाट्टाले जनाएको छ ।

नाट्टाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गतवर्षदेखि महाआरती कार्यक्रम गर्दै आएको छ । अध्यक्ष पन्तले धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवद्र्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालिन आरतीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताइन् ।

यस क्षेत्रमा हुने धार्मिक र सांस्कृतिक कार्यहरुले छिमेकी देश भारतबाट पनि पर्यटक तान्न यसले विशेष भूमिका खेल्ने बिश्वासका साथ सन्ध्याकालीन आरती आयोजना गर्न लागिएको उनले बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *