क्यानका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यवाहक प्रधानमन्त्रीको शुभकामना – Nepal Press

क्यानका नवनिर्वाचित पदाधिकारीहरूलाई कार्यवाहक प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।

कार्यवाहक प्रधानमन्त्री खड्काले समाजिक सञ्जाल मार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

कार्यवाहक प्रधानमन्त्री खड्का शुक्रबार सुरु भएको नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर