माओवादी पूर्व केन्द्रीय सदस्य कुलानन्द गिरीसहित कार्यकर्ता एमालेमा प्रवेश

२०८० असोज ६ गते १५:३५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्वकेन्द्रीय सदस्य कुलानन्द गिरी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । शनिवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै गिरी एमाले प्रवेश गरेका हुन् ।
गिरीसँगै माओवादी नेतृ सानुमाया मगर पनि एमाले प्रवेश गरेकी छन् । उनीहरूलाई अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे ।
लामो समय रोल्पामा शिक्षण गरी योगदान गरेका गिरी माओवादीका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका सहपाठी हुन् ।
उनी रोल्पाका शैक्षिक अभियन्ता समेत हुन् । माओवादीबाट टिकट नपाएपछि उनी विद्रोह गरेपछि स्वतन्त्र थिए ।
प्रतिक्रिया