युवा उद्यमशीलता बढाउँदै बागमति युवा परिषद्, १३४ स्वयंसेवकलाई तालिम – Nepal Press

युवा उद्यमशीलता बढाउँदै बागमति युवा परिषद्, १३४ स्वयंसेवकलाई तालिम

काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले हरेक स्थानीय तहमा युवालाई उद्यमशील बनाउने अभियान अघि बढाएको छ ।

परिषद्को आयोजनामा हेटौंडामा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिम आयोजना गरी स्थानीय तहमै युवालाई सीप र आयमुलक काममा लगाउने उपायबारे छलफल समेत भएको छ ।

प्रदेशका १३ जिल्लामा शिक्षा, स्वास्थ, कृषि, पशु र कम्पुटर प्राविधिक गरि ५ क्षेत्रका १३४ जना स्वयंसेवक कार्यरत छन्। संघीय सरकारको ससर्त कार्यक्रम अन्तर्गत ११९ र बाकी युवा परिषद्को स्वयंसेवक कार्यक्रम अन्तर्गत १५ जना रहेको परिषदका उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए ।

स्थानीय तहको मागको आधारमा निर्बाह भत्ता लिने गरी स्वयंसेवक स्थानीय क्षेत्रमा खटिएका छन्। परिषद् मातहत रहेका स्वयंसेवकहरुले लम्पीस्किन रोग रोकथाममा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवाहरुलाई कृषि क्षेत्रमा तालिम र रोजगारी दिने बताए । उनले हरेक स्थानीय तहमा मोडलका रुपमा तालिम दिएर सिप सिकाउने र युवाहरुलाई बिदेश होइन स्वदेशमानै टिकाउने काम गर्ने बताए ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले प्रदेश सरकारले युवा स्वयंसेवकका लागि सकेको सहयोग गर्ने आश्वासन दिइन् ।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरुले आफ्ना क्षेत्रमा उल्लेख्य काम गरेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिब भिष्मकुरमा भुसाल समेत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर