नाकाबन्दी पराजित गरेको क्षण सम्झिँदै ओलीले भने- देशलाई आत्मनिर्भर बनाउन छाड्न हुन्न – Nepal Press

नाकाबन्दी पराजित गरेको क्षण सम्झिँदै ओलीले भने- देशलाई आत्मनिर्भर बनाउन छाड्न हुन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी सम्झिँदै देशलाई आत्मनिर्भर बनाउने अभियान छाड्न नहुने बताएका छन् ।

ओलीले भारतीय नाकाबन्दीको ८ वर्ष पुगेको दिन शनिबार तत्कालीन नाकाबन्दीको बेला भूकम्पपीडित जनता पालभित्र बसेको र ग्याँसको लाइनमा लागेको तस्बिर सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा नाकाबन्दी पराजित गरेको स्मरण समेत गरेका छन् ।

ओलीले जनतालाई पनि ती दिन कसरी सम्झिनु हुन्छ ? भन्ने प्रश्न गर्दै करिव ६ महिनाको नाकाबन्दीलाई जनताको समर्थनमा पराजित गरेको बताएका छन् ।

ओलीले भनेका छन्– आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन् ९ तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं ।
कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन। तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?

२०७२ असोज ३ गते भारतको दबाब अश्वीकार गर्दै संविधान जारी भएको थियो । त्यसको दिन दिनपछि अर्थात असोज ६ देखि मधेश आन्दोलनको बहाना देखाएर भारतीय पक्षले अघोषित नाकाबन्दी लगाएको थियो ।

नाकाबन्दीकै बीच ओली प्रधानमन्त्री भएका थिए । ओलीले भारतीय नाकाबन्दीको सामु नझुक्ने भन्दै चीनसँग पारवहन सन्धी गरेपछि भारतीय पक्षले आफैं नाका खुलाएको थियो । ओलीले भारतीय नाकाबन्दीविरुद्ध लिएको अडान र चीनसँग पारवहन सन्धी गरेर भुपरिवेष्टित मुलुकको पक्षमा अन्तर्राष्ट्रिय मन्चहरुमा गरेको लबिङको प्रशंसा भएको थियो ।


प्रतिक्रिया

One thought on “नाकाबन्दी पराजित गरेको क्षण सम्झिँदै ओलीले भने- देशलाई आत्मनिर्भर बनाउन छाड्न हुन्न

  1. जतिसुकै विकास गरे पनि संसारमा सबैभन्दा बढी गरिव भएको देश, चर्को असमानता भएको देश, एउटा धनीले ७५ अरव भारूको महल बनाउँदा अरब जनता झोपडीमा बस्न बाध्य देशको कहिल्यै भलो हुने छैन । नेपालीको तर्फबाट भारत र मोदीलाई श्राप दिन्छौं र त्यो लाग्छ पनि । दिल्लीका दलाल भएर जसले नाकाबन्दी गरें भने ती अब विलाउँदैछन् । नेपालीलाई दुख दिने तिनको सर्वनास हुनेछ । ओलि अजम्वर अजय रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर