सरकारसँग भएको सहमतिमा राहतका शिक्षक असन्तुष्ट

२०८० असोज ५ गते १८:१३

काठमाडौं । सरकार र शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरुले असहमति जनाएका छन् । सरकारसँग भएको वार्तामा आफ्नो माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले असहमति जनाएका हुन् ।
दुई पक्षबीच भएको वार्तामा आफ्नो माग समाधान नगरेपछि राहतका शिक्षकहरु बैठकबाट उठेर हिँडेको नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले बताए ।
राहतका शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी राख्ने बताएको छ । माइतीघर मन्डलामा भोलि भेला हुने राहत शिक्षक संघका महासचिव कुमार बजगाईंले बताए । ४० हजार शिक्षक आक्रामक रुपमा उत्रने उनको दाबी छ ।
साथै शिक्षक महासंघबाट राजीनामा दिने राहत शिक्षकका महासचिव बजगाईंले बताए ।
प्रतिक्रिया
One thought on “सरकारसँग भएको सहमतिमा राहतका शिक्षक असन्तुष्ट”
Leave a Reply
सम्बन्धित खवर
शिक्षक महासंघमा दिल्लीका टट्टुहरू छन् ।