संघीयताको मर्म आत्मसात गर्दै शिक्षकको माग पूरा गर्न जसपा र लोसपाको सुझाव – Nepal Press

संघीयताको मर्म आत्मसात गर्दै शिक्षकको माग पूरा गर्न जसपा र लोसपाको सुझाव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले शिक्षक आन्दोलनले उठाएका न्यायोचित एवम् जायज माग र मुद्दा सम्बोधन गर्न सरकारलाई सुझाएको छ ।

जसपा प्रवक्ता मनिष सुमनले शुक्रबार विज्ञप्ति जारी गरेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको अनुकूल हुने गरी विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जन गर्न सुझाएका हुन् । उनले विधेयक परिमार्जन गरी मात्र संसदबाट पारित गराउनुपर्ने जसपाको धारणा रहेको जनाएका छन् ।

‘जसपा मुलुकमा संघीय शासन प्रणालीलाई संस्थागत गर्न चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा बन्ने र बनाइने संरचना, नीति, योजना तथा कानूनहरु पनि संघीय शासन प्रणालीको सिद्धान्त, मर्म र भावना अनुकूल हुनुपर्दछ ।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि शिक्षकहरुको माग सम्बोधन गरी अविलम्ब पठनपाठन सुचारु गर्नुपर्नेमा जोड दिएको छ ।

शिक्षक संगठनद्वारा अघि सारिएका मागहरुप्रति गम्भीर भएर यथाशीघ्र औपचारिक वार्ताद्वारा दुवै पक्षले संघीयताको मर्मलाई आत्मसात गर्दै सहमतिमा पुगेर निकास दिन सरकारसँग लोसपाले आग्रह गरेको हो ।

विद्यार्थीहरुको अध्ययन अध्यापन पूर्णतः लामो समयसम्म ठप हुनु अस्वाभाविक रहेको भन्दै लोसपाले सबै पक्ष गम्भीर भई यथाशीघ्र पठनपाठन सुचारु गर्न आवश्यक रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर