शिक्षकहरुसँगको वार्ता आजै टुंगोमा पुर्याउन सरकारी वार्ता टोलीलाई कार्यवाहक प्रधानमन्त्रीकाे निर्देशन

२०८० असोज ५ गते १२:२३

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षकहरुसँगको वार्तालाई सकेसम्म आजै टुंगाेमा पुर्याउन सरकारी वार्ता टोलीलाई आवश्यक सुझाव तथा निर्देशन दिएका छन् ।
रक्षा मन्त्रालयमा आज बिहान सरकारी वार्ता टोली संयोजक उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार मन्त्री रेखा शर्मा , मुख्यसचिव बैकुण्ठ अर्याल र विभागीय सचिवहरुसंग छलफल गरेका हुन् ।
शिक्षकका जायज मागहरु सम्बोधन हुने गरि वार्तालाई सकेसम्म आजै निश्कर्षमा पुर्याउने गरि काम गर्ने विषयमा छलफल भएको हो ।
प्रतिक्रिया