शिक्षकहरूसँगको वार्ताअघि कार्यवाहक प्रधानमन्त्रीले थाले ४ मन्त्रीसँग आन्तरिक छलफल – Nepal Press

शिक्षकहरूसँगको वार्ताअघि कार्यवाहक प्रधानमन्त्रीले थाले ४ मन्त्रीसँग आन्तरिक छलफल

काठमाडौं । आन्दोलनरत शिक्षकहरूसँग संवाद गर्नुअघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न मन्त्रीहरूसँग छलफल गर्दैछन् ।

कार्यवाहक प्रधानमन्त्री खड्कासँगै रक्षा मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानूनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई छलफलका लागि बोलाएका छन् ।

मन्त्रीहरूको आन्तरिक छलफलपछि आजै केही बेरमा गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग वार्ता हुनेछ ।

यसअघि हिजो २ पटक वार्ता भए पनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू तीन दिनदेखि आन्दोलनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर