जसपाको नेवा: राष्ट्रिय समिति पुनर्गठन


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नेवा: राष्ट्रिय समिति पुनर्गठन भएको छ । काठमाडौँ खुसिबुस्थित नेपा ब्याङ्क्वेटमा बुधवार आयोजित कार्यक्रमबाट श्यामकृष्ण प्रजापतिको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा ओमकृष्ण श्रेष्ठ, शर्मिला सुवाल र शंकर लिम्बु रहेका छन् भने मुख्य सचिवमा गणेश आचार्य चयन भएका छन् ।
समितिको सचिवमा कमल लामा, सुरेन्द्र महर्जन र सुनिता दुलाल तथा कोषाध्यक्षमा सुनिता कुमारी योञ्जनलाई मनोनयन गरिएको छ ।
जसपाको नेवा: राष्ट्रिय समिति पहिचानका प्रादेशिक संरचना (१०ं१ ) मध्येको समिति हो । जसपाको विधानमा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई नेवा: राष्ट्रिय समिति भनिएको छ ।