महानगरका ८९ विद्यालयमा खटिए नगरप्रहरी, पठनपाठनको स्थिति बुझेर रिपोर्टिङ गर्ने – Nepal Press

महानगरका ८९ विद्यालयमा खटिए नगरप्रहरी, पठनपाठनको स्थिति बुझेर रिपोर्टिङ गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले शिक्षक आन्दोलनबाट महानगरभित्रका विद्यालयमा परेको प्रभावबारे अनुगमन थालेको छ । महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा नगरप्रहरी परिचालित भएका हुन् ।

नगरप्रहरी प्रमुख राजु पाण्डेले ८९ वटा सामुदायिक विद्यालयमा आजै पुगेर अनुगमन गरिने बताए । नगरप्रहरीका थुप्रै टोलीहरू परिचालन गरिएको उनले जानकारी दिए ।

पाण्डेले भने, ‘हामीले डेढ दुई घन्टाभित्र सबै विद्यालयहरुको अनुगमन सकेर महानगरलाई रिपोर्टिङ गर्नेछौं ।’

नियमित पठनपाठन नभएका विद्यालयहरूलाई महानगरको शिक्षा विभागले कारबाही गर्ने उनको भनाइ छ ।

महानगर प्रमुख शाहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने प्रधानाध्यापक र शिक्षकलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया

One thought on “महानगरका ८९ विद्यालयमा खटिए नगरप्रहरी, पठनपाठनको स्थिति बुझेर रिपोर्टिङ गर्ने

  1. सुरक्षा निकायले विद्यालयमा गएर अनुगमन गर्न पाउँछ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *