नेकपा एसको सचिवालय बैठक स्थगित

२०८० असोज ४ गते १२:४९

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।
बिहान साढे १० बजे पार्टी कार्यालयमा आलोकनगरमा बस्नेगरी बोलाइएको बैठक स्थगित भएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए । अध्यक्ष माधव नेपालले जारी अपानीले पार्टीभित्र विवाद चर्किएको छ ।
सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आइरहेका छन् ।
यस्तै बैठकमा १४ असोजदेखि सुरू हुने समाजवाद जागरण यात्राबारे पनि छलफल हुने भनिएको थियो । शिक्षकहरूको आन्दोलनका कारण काठमाडौंको सवारी अस्तव्यस्त बन्दा नेताहरू आउन नपाएपछि बैठक स्थगित भएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर