काठमाडौं महानगरले विद्यालय बन्द गर्ने प्रअ र गयल हुने शिक्षकलाई कारबाही गर्ने


काठमाडौं । काठमाडौं महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने भएको छ ।
महानगरले भोलिदेखि विद्यालय अनुगमन गर्ने विद्यालय बन्द गरिएको पाइएमा कारबाही गर्ने जनाएको हो ।
महानगरपलिकाले बिहीबारदेखि गर्ने विद्यालय अनुगमनमा शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द र प्रधानाध्यापक वा विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने निर्णय गरिएको महानगरका प्रमुख बालेन्द्र शाह बालेनका प्रेस संयोजक सुरेन्द्र बजगाईंले जानकारी दिए ।
महानगरपालिकाले सुरुवातबाटै आफ्नो क्षेत्रभित्रका विद्यालयमा राजनीति नगर्न पटक पटक विज्ञप्ति जारी गर्दै संयोजक बजगाईले बताए । बजगाईंका अनुसार महागरपालिकाले कुन विद्यालयमा अनुगमन गर्ने तोकेको छैन भने भोलि बिहिबार नै अनुगमन हुनेछ ।