संविधानको परिकल्पनाअनुसार देश समाजवादउन्मुख अर्थतन्त्रको दिशामा छ : कर्णाली प्रमुख परियार – Nepal Press

संविधानको परिकल्पनाअनुसार देश समाजवादउन्मुख अर्थतन्त्रको दिशामा छ : कर्णाली प्रमुख परियार

काठमाडौं । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले संविधानले परिकल्पना गरेअनुसार समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा देश अघि बढेको बताएका छन् ।

संविधान दिवसका अवसरमा कर्णालीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परियारले अहिले जनताको घरदैलोमा सरकार सहजै पुगेको उल्लेख गर्दै संरचनाहरू संस्थागत र सुदृढ हुँदै गएको बताए ।

उनले भने, ‘संविधानले परिकल्पना गरेको सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि बढिरहेको छ ।’

सरकारले सञ्चालन गरेको भ्रष्ट्राचार उन्मुलन अभियानले सफलता हासिल गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् ।

लामो सङ्घर्ष, सशस्त्र जनयुद्ध ,शान्तिपूर्ण आन्दोलन र जातीय , क्षेत्रीय , लैङ्गिक ,दलित लगायतका मुक्ति आन्दोलनमा सहभागी भई आफ्नो अमूल्य जीवन देश र जनताप्रति समर्पित गरी बलिदान दिने ज्ञात अज्ञात महान् शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे ।

उनले राष्ट्रियता, लोकतन्त्र, जनजीविकाका लागि सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माणको लागि राष्ट्रिय सङ्कल्प हासिल गर्न मन बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्ने आफूले विश्वास लिएका छन् ।

देशमा विद्यमान जाति, आदिवासी, जनजाति, महिला, दलित, मधेसी, उपेक्षित क्षेत्रका जनसमुदाय लगायत जातीय, भाषिक, सांस्कृतिक विविधतामा एकता कायम गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी उन्नत र विकसित राष्ट्र निर्माण गर्न सबैमा जोस जाँगर र सद्भावना फैलियोस् भन्दै उनले कामना गरे ।

यस्तै, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको बताएका छन् । मुख्यमन्त्री शर्माले यसलाई परिवर्तन गर्न आवश्यक भएको बताएका हुन् ।

पञ्चायतमा बोल्न, लेख्न नपाएको कुरा सम्झिँदै उनले आफ्ना हक, अधिकारको कुरा खुला रूपमा राख्न पाउनु नै संविधानको मुख्य उपलब्धि भएको बताए ।

संविधान कार्यान्वयन हुँदै जाँदा केही अपुगताको अनुभूति भएको मुख्यमन्त्री शर्माले भने, ‘निर्वाचन प्रणाली महँगो हुनु, संवैधानिक अङ्गहरू, असन्तुलन, प्रतिनिधि सभा विघटन हुनु निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर