नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्र मन्त्री साउद

२०८० असोज ३ गते ९:२२

न्यूयोर्क । परराष्ट्र मन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताएका छन् ।
मङ्गलवार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उनले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।
परराष्ट्र मन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराएका छन् ।
७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आउनुभएका परराष्ट्र मन्त्री साउदले भेटघाटलाई तीव्रता दिएका छन् ।
प्रतिक्रिया