कांग्रेस सांसद भण्डारी भन्छन्- प्रदेश र सांसदको संख्या घटाउने अभियान थाल्नुपर्छ – Nepal Press

कांग्रेस सांसद भण्डारी भन्छन्- प्रदेश र सांसदको संख्या घटाउने अभियान थाल्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले प्रदेश र मन्त्रीहरुको संख्या घटाउन अभियान चलाउन ढिलाइ भइसकेको बताएका छन्।

विद्यालय शिक्षा विधेयकमाथि अनेरास्ववियूको अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्मचारी र शिक्षकलाई तलब खुवाउन नसक्ने अवस्थामा सांसदहरुको संख्या घटाउनुपर्ने बताए।

उनले भने, ‘यतिधेरै प्रदेश बनाएका छौं। यति धेरै मन्त्री बनाएका छौं। कर्मचारी र शिक्षकहरुलाई तलब खुवाउने पैसा छैन। अब हामीले प्रदेशको संख्या घटाऔं, सांसदको संख्या घटाऔं भनेर अभियान चलाउनुपर्छ समानुपतिकमा विज्ञहरुलाई नै माथिल्लो सदनमा लैजाऔं त्यहीबाट मन्त्री बनाऔं भनेर अभियान चलाउन आवश्यक छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर