कपिलवस्तुमा छोराले गरे बाबुको हत्या

रूपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८, पुलचोकमा छोराले बाबुको हत्या गरेका छन् ।
सोमबार राति २५ वर्षीय विकास परियारले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिरान काठले प्रहार गर्दा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
काठले हानेपछि सख्त घाइते भएका बलबहादुरको पिपरा अस्पतालमा मृत्यु भएको हो । आमा र श्रीमतीलाई गालीगलौज गरेको भन्दै छोराले बुबालाई कुटपिट गरेका थिए ।
एक दिनअघि बुबाले छोरालाई कुटपिट गरेका थिए । बुबा छोराबीच विगतमा पनि झगडा हुँदै आएको इप्रका पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।
प्रहरीले छोरा विकासलाई राति नै घरबाट पक्राउ गरी हिरासतमा राखेको छ । उनले मदिरा सेवन गरेर बुवामाथि काठले प्रहार थिए ।