दौरा-सुरूवाल लगाएर प्लेन चढेका प्रधानमन्त्री अमेरिकी विमानस्थलबाट जब सुट-टाईमा निस्किए…
दोहा ट्रान्जिटमा छोरी गंगाले पनि फेरिन् पोशाक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन हिजो अमेरिकाको न्यूयोर्क पुगेका छन् । नेपालमा तामझामसहित बिदाइ भएका प्रधानमन्त्री अमेरिकामा स्वागत भने खल्लो भयो ।
नेपालका सरकार प्रमुखलाई स्वागत गर्न अमेरिकाले कोही पनि प्रतिनिधि पठाएन । राष्ट्रसंघका लागि नेपालका आवासीय प्रतिनिधि लोकबहादुर थापाले जोन अफ केनेडी विमानस्थलमा नेपाली टोलीलाई रिसिभ गरेका थिए ।
प्रधानमन्त्रीको फेसबुक पेजमा नेपालबाट बिदाइ हुँदाका थुप्रै तस्बिर राखिएको छ, तर अमेरिकामा ओर्लिएका तस्बिर छैनन् । यद्यपि प्रधानमन्त्रीको सचिवालयले विमानस्थलका तस्बिर मिडियालाई उपलब्ध गराएको छ । अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको स्वागत र बिदाइका दुई तस्बिर चर्चामा छन् ।
चर्चाको कारण हो, प्रधानमन्त्रीको फेरिएको पोशाक । त्रिभुवन विमानस्थलमा बिदाइ हुँदा प्रधानमन्त्री राष्ट्रिय पोशाक दौरासुरूवालमा ठाँटिएका थिए । तर अमेरिकी विमानस्थलबाट निस्किँदाको तस्बिरमा उनी सुट-टाईमा देखिएका छन् ।
प्रधानमन्त्रीको मात्र होइन, उनकी सुपुत्री गंगा दाहालको पनि पोशाक फेरिएको छ । उनी यहाँबाट बिदाइ हुँदा सारी-चोलोमा थिइन् । अमेरिका पुग्दा कोट-स्कर्टमा देखिइन् ।
प्रधानमन्त्री अमेरिका जाँदा कतारको दोहामा ट्रान्जिट थियो । दोहाको विमानस्थलमा नै बुबा-छोरीले पोशाक परिवर्तन गरेको बुझिएको छ । सामाजिक सञ्जालमा भने दुई तस्बिर जोडेर ट्रोल हुन थालेको छ ।
प्रचण्डका सबै कुरा नौटंकी अुन् । उनले देखाउनलाई मात्र सबै कनम गर्छन् । उनी दक्षिणले उत्पादन गरेका पात्र हुन् । उनलाई देशको माया, विकास, जनताको खुशी केही मतलव छैन । नेपाली पोशाकलाई राजसंस्थासँग जोडेर बहिस्कार गर्ने झुण्ड हो उनको । अहिले जनतालाई देखाउन मात्र लगाएका हुन् । देशको पहिचान उनको मतलवको कुरै होईन । उनी प्रधानमन्त्रीमा टिकिईरहने, देशलाई कमजोर बनाउने र विदेशीको गुलाम बनिरहने मात्र हो ।
यी प्रधानमन्त्री comfortable खालका रहेछन् पुज हो पुज नक्चरोलाई
k kura garrko hola sathi haru pani yar
Murkha sathi haru..
Mill ma mathi bata haleko dhan jasta ko testai niskinxa ta tala bata pani😁😁😁
प्रम प्रचण्ड यता जनता झुक्याउन र देशप्रमी देखिन दौरा सुरूवालमा ठाँटिएर अमेरिकाको यात्रामा निस्किए भने उता अमेरिरका पुग्नुभन्दा अगावै मालिक खुसी बनाउन टाईसुटमा देखिए। अस्ति नै उै प्रचण्ड भारत जाँदा गेरू वस्त्रमा भेटिएका थिए। यो प्रचण्डको मनमा जड भएर बसेको उपनिवेशीवादको बलियो प्रमाण हो।
जसलाई आफ्नो राष्ट्रको पहिचान थाहा छैन, उसैले जातीय र धार्मीक पहिचान दिन्छु भन्दै समाज भड्काउछ।😊