नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृशोक

२०८० असोज १ गते ९:०४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा गङ्गालाल तुलाधरका पिता रामबहादुर तुलाधरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षका उमेरमा निधन भएको छ ।
उनी उच्च रक्तचापलगायत रोगबाट पीडित थिए । पार्टीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले अन्त्यतै मर्माहत तुल्याएको बताएका छन् ।
खनालले आज एक शोक सन्देश जारी गर्दै उनीप्रति श्रद्धाञ्जली तथा शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर