सिंहदरबारमा आगो लाउँछु भन्नेलाई चार/पाँच लाख लाइक आएकोमा कांग्रेस नेता केसीको चिन्ता


काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले लोकतान्त्रिक प्रणालीमा व्यक्ति हाबी हुँदा समाजमा अराजकता बढेको टिप्पणी गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै व्यक्ति हाबी हुँदै जाँदा सिंहदरबारमा आगो लगाउँछु भन्नेहरूलाई नै मान्छेले स्वीकार गर्ने अवस्था बनेको बताए।
उनले काठमाडौं महानगर पालिकाका प्रमुख बालेन शाहलाई लक्षित गर्दै भने, ‘जुनसुकै पदमा बसोस् जति ठूलो मान्छे होस् सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गर्दा ४/५ लाखले लाइक गर्ने समाज हामी कतातिर जाँदै छौँ। यो अराजकतातिर त जान लागेका हैनौँ। हामी कता जाँदैछौं। अहिले राजनीतिक दलहरूप्रति वितृष्ण बढिरहेको र समाजमा भ्रष्टाचारले जरो गाड्दै सामाजिक द्वन्द्व समेत फैलिएको अवस्था छ।’
समाजमा अराजकता बढ्दै जाँदा सरकार के हेरेर बसेको छ ? भन्दै प्रश्न गरे । जनतालाई अनुशासनको निम्ति देशमा सुशासन आवश्यक भएको भन्दै अहिले अनुशासनहीनताको चरम बाटोमा हिँडिरहेको उनको भनाइ छ।
कतै तपाईं विभिन्न दलका नेताले गरेको शासन सञ्चालनमा त्रुटी भयो/ तपाईंहरूले नागरिकको मन जित्न सक्नुभएन र निराश नागरिकले तपाईंहरूमाथि प्रहार गर्दा पनि सञ्चो माने कि?
समस्या वालेन र नेपाली नागरिक दुवैमा नभएर यत्रो बर्ष शासन गर्दा पनि नागरिकलाई देश बन्छ भन्ने कुनै गुन्जायस दिन नसक्ने शासक /शासन प्रक्रियामा होला यता तिर पनि सोचौं ।(यद्यपि बालेनको लेखाई त्रुटिपूर्ण थियो उनले त्यो हटाएर स्वीकार पनि गरे)