बाँकेमा बम विष्फोट, द्वन्द्वकालमा राखिएको हुनसक्ने – Nepal Press

बाँकेमा बम विष्फोट, द्वन्द्वकालमा राखिएको हुनसक्ने

रुपन्देही । पूर्वपश्चिम राजमार्गमा बम पड्किएर ठूलो खाडल परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार शनिवार राति दाङको राप्ती सोनारी गाउँपालिका वडा नं ८ नयाँगाउँ नजिकैको सडकमा बम पड्किएको हो ।

उनका अनुसार द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको पुष्टि भएपछि सडक विभागले त्यो खाडल पुरेको छ ।

‘द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको देखिन्छ । कुनै क्षति भएको छैन, हामीले अनुसन्धान गर्दा अहिले कसैले बम राखेको देखिएन,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर