दुई महिना अगाडि हराएकी महिलाको शव टाउको छिनेको अवस्थामा भेटियो – Nepal Press

दुई महिना अगाडि हराएकी महिलाको शव टाउको छिनेको अवस्थामा भेटियो

भक्तपुर । दुई महिना अगाडि घरबाट हराएकी एक महिलाको जङ्गलमा टाउको छिनेको अवस्थामा आज शव फेला छ ।

मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए ।

दुई महिना अगाडि हराएकी महिलाकी शवको कङ्काल मध्यपुरथिमिको जङ्गलमा भेटिएको उनले जानकारी दिए । पाठकका अनुसार कङ्कालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो ।

‘उक्त शव सूर्य विनायक नगपालिका–२, बालकोटस्थित बङ्गलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’, उनले भने ।

मृतककी छोरी जानुका दाहालले गत साउन १० गते आमा हराएको भन्दै प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन् ।

शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाडकले घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *