तस्बिरमा हेर्नुस् ‘बालबालिकासँग केपी बा’- आइँच ब्रो भन्नु पुस्तान्तरण होइन, नयाँ भन्नेहरू सबै असल छैनन्


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन बालबालिका तथा किशोर किशोरीलाई आग्रह गरेका छन् ।
‘बासँग बालबालिका’ कार्यक्रमका सहभागीहरूको प्रश्नको जवाफ दिने क्रममा पूर्व प्रधानमन्त्री ओलीले नयाँ भन्दैमा सबै राम्रा नहुने बताए । उनले नयाँका नाममा आएका खराब व्यक्तिहरूबाट नसिक्न उनले आग्रह गरे ।
ओलीले भने– नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्छ । पुस्तान्तरको नाममा आएका खराबहरूबाट टाढा रहनुस् । जेनेरशन ग्र्याब भनेको आइँच ब्रो भन्नु होइन । तपाईँहरू मेहनती बन्नुस् ।
ओलीले आफ्नो जीवनका धेरै भोगाइहरू बालबालिकालाई सुनाउँदै एक जना प्रहरीका डिएसपीले जेलबाट मार्ग लगेका बेला यस्तो देशभक्त व्यक्तिलाई मार्न हुँदैन भनेर माथिल्लो निकायमा लगेर बुझाइदिएकाले बाँच्न सफल भएको समेत सुनाए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी स्वीकृतिले संयोजन गरेको कार्यक्रममा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू सहभागी थिए ।
हेर्नुस् तस्बिरहरू
नाटक मात्र हो गर्ने भ्रष्टाचार को सपोर्ट मात्र हो।