पुष्कर भट्टराईको नेतृत्वमा अखिल रामेछाप सर्वसम्मत, सचिवमा युवराज सुनुवार चयन – Nepal Press

पुष्कर भट्टराईको नेतृत्वमा अखिल रामेछाप सर्वसम्मत, सचिवमा युवराज सुनुवार चयन

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु रामेछापको अध्यक्षमा पुष्कर भट्टराई निर्विरोध चयन भएका छन् । शनिबार मन्थलीमा सम्पन्न अनेरास्ववियुको १३ औं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

नवनिर्वाचित कमिटीको उपाध्यक्षमा निशान श्रेष्ठ, रिया मगर र गोपाल थोकर चयन भएका छन् भने सचिवमा युवराज सुनुवार चयन भएका छन् ।

त्यस्तै सहसचिवमा मुकेश भण्डारी, किरण कार्की र सुशील थापा चयन भएका छन् भने कोषध्यक्षमा प्रकाश गौतम निर्विरोध भएका छन् ।कार्यालय सचिवमा विक्रम खड्का चयन भएको स्थायी कमिटी सदस्य सागरहरी अधिकारीले जानकारी दिए । अनेरास्ववियुले जिल्ला सम्मेलनअघि अखिल महोत्सव समेत आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर