ओली र विश्वप्रकाशको परिवारलाई जोड्ने छोरी स्वीकृति–‘बासँग बालबालिका’को मोडरेटर – Nepal Press

ओली र विश्वप्रकाशको परिवारलाई जोड्ने छोरी स्वीकृति–‘बासँग बालबालिका’को मोडरेटर

काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण शोकमा रहेका अध्यक्ष केपी शर्मा ओली शनिवार बालबालिकासँग छलफलका लागि सार्वजनिक कार्यक्रममा निस्कदैँछन् ।

यसअघि भदौ २८ गते बुबाको मुख हेर्ने दिन पारेर पूर्व निर्धारित ‘बा सँग बालबालिका’ कार्यक्रम नेम्वाङको असामयिक निधनका कारण रोकिएको थियो । सोही कार्यक्रम आज भक्तपुरस्थित इम्पेरियल पार्टी प्यालेसमा हुन लागेको हो ।

नेम्वाङको निधनका कारण बाको मुख हेर्ने दिन शोकमा रहेका ओलीसँग भेट गर्न नपाएकी आयोजकमध्येकी एक बालिका स्वीकृति शर्मा शुक्रबार बालकोट पुगेर ‘केपी बा’को मुख हेरिन् । उनी कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकी छोरी हुन् ।

स्वीकृतिले ओलीलाई आफूले लगेका परिकारहरु समेत चखाएकी थिइन् । त्यस क्रममा बा र छोरीले केहीबेर रमाइलो क्षण बिताएको ओलीको सचिवालयले जनाएको छ । स्वीकृतिले केपी बासँगका आफ्ना फोटो तथा भिडिओहरु टिकटकमा राखेकी छन् ।

ओलीलाई बा भन्ने स्वीकृति नै आजको कार्यक्रमको मोडरेटर हुन् । उनलाई केपी ओलीले पनि छोरीको दर्जा दिएर माया गर्ने गरेका छन् । स्वीकृतिकै कारण ओली र विश्व प्रकाशको सम्बन्ध राजनीतिक रुपमा प्रतिस्पर्धी भए पनि सामाजिक रुपमा पारिवारिक र भावनात्मक बनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी कार्यकर्ताहरुले ‘बा’ को सम्बोधन गर्छन् । अब विस्तारै यही नामले उनी पार्टीबाहिर पनि ब्रान्डिङ हुन थालेका छन् । यस्तै कार्यक्रम हो ‘बासँग बालबालिका’ ।

‘एड टक्स’ नामक संगठनका तर्फबाट यो कार्यक्रम आयोजना गरिएको स्वीकृतिले बताएकी छन् । एड टक्सले जनाएअनुसार ‘बासँग विद्यार्थी’ नाममा कार्यक्रम आयोजनाको निम्तो ओलीलाई एक महिना अघि नै दिइएको थियो ।

 


प्रतिक्रिया

One thought on “ओली र विश्वप्रकाशको परिवारलाई जोड्ने छोरी स्वीकृति–‘बासँग बालबालिका’को मोडरेटर

  1. कत्ती मिठो 😘😘
    बा हजुरबा हरुले नचिन क्र्ही छैन : छोरा छोरी, नाती नातिनाले चिन्या छन, चिन्छन ओपीलाई किन भ्स्ने तिनलाई तिनको भविस्यको चिन्ता छ !!
    स्यावास छोरी !!
    बाहरु सँग आफु सानु भैन्छ ओलीलाइ माने भन्ने तुच्छ मन र ठुलो इगो (तुच्छ मन, काल्पनिक र भ्रम मिसिएको ) छ्, छोरीहरु आफ्नु भविस्य कोरिने मुहान देख्छन, आफु सबल बन्ने खुराक भेट्छन ओलीमा !! धेरै सुन्न पाम यो भावनाको कुरा, समाज बन्ने कुरा समाज असल बनाउने कुरा, प्रगती हुने कुरा ❤️❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर