विभूषण वितरण स्थगित गर्ने सरकारको निर्णय – Nepal Press

विभूषण वितरण स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । हरेक पटकको विभूषण वितरणमा व्यापक आलोचना हुने गरेको परिस्थितिलाई नीति, मापदण्ड र प्रक्रियागत रूपमै आलोचनारहित बनाउन सरकारले त्यससम्बन्धी सुझाव कार्यदल बनाउने भएको छ । र, संविधान दिवसको अवसरमा विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक हुने आम अनुमानविपरीत सरकारले यसपालि त्यसलाई स्थगित गरेको छ ।

आजको मन्त्रीपरिषद बैठकको निर्णयमा भनिएको छ- संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानूनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने, हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने ।

विभूषणका लागि अयोग्यहरूले प्रभावका आधारमा मरिहत्ते गर्ने, विभूषित हुनुपर्नेहरूले भने त्यसको ओजलाई नै ‘सस्तो’ ठान्ने अवस्थाबीच हरेक चरणको विभूषण वितरण आलोचित हुँदै आएको छ । अब त्यसलाई नीतिगत रूपमै सच्याउन मन्त्रिपरिषद निर्णयबमोजिम तत्कालै सुझाव कार्यदल गठन गरिने जानकारी गृहमन्त्रालयको उच्च स्रोतले दिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *