काठमाडौंका केही विद्यालय र वडामा क्रिकेट नेट र प्रशिक्षकको व्यवस्था गरिने


काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमाा केही विद्यालय तथा वडाहरुमा क्रिकेट नेट राख्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाह बालेन र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीचको भेटवार्तामा यस्तो सहमति भएको हो ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर बालेनले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान नभएको उल्लेख गर्दै यस्तो व्यवस्था गर्न लागिएको बताए ।
त्यस्तै, कुशल प्रशिक्षकहरुको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल ० क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने उनले जनाए । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने उनले जनाएका छन् ।
यस्तो छ बालेनको स्टाटसः