नेकपा एसमा रामकुमारीलाई युरोप, अमेरिका र ल्याटिन अमेरिकाको जिम्मा
हरि पराजुली सचिव बनेसँगै बने लुम्बिनी प्रदेश इन्चार्ज


काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिव रामकुमारी झाँक्रीलाई प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा युरोप, अमेरिका र ल्याटिन अमेरिका इञ्चार्जको जिम्मेवारी दिएको छ । भदौ ५ गतेदेखि ७ बसेको केन्द्रीय समिति बैठकले झाँक्रीलाई प्रवास विशेष प्रदेशको जिम्मेवारी दिएको हो ।
सचिव झाँक्री पछिल्लो समय पार्टीमा सक्रिय थिइनन् । पार्टी नेतृत्वसँग असन्तुष्ट झाँक्री पछिल्लो सयम एमाले फर्किने चर्चा समेत चलेको थियो । उनले हालै बसेको केन्द्रीय कमिटीको बैठकमा पनि असन्तुष्टि पोखेकी थिइन् ।
एमालेबाट विद्रोह गरेर नेकपा एस गठनको बेलामा अध्यक्ष माधव नेपाललाई अग्र स्थानमा रहेर साथ दिएकी थिइन् । तर, नेतृत्वको व्यवहार र पार्टीभित्र आन्तरिक गुटबन्दी भएको भन्दै उनी निष्क्रिय थिइन् ।
यस्तै, नेकपा एसले हरि पराजुलीलाई केन्द्रीय सचिवको जिम्मेवारी दिएका छ । सचिव बनाएसँगै यस्तै लुम्बिनी प्रदेशको इन्चार्ज बनाएको छ । पार्टी नेतृत्वसँग रुष्ट झाँक्रीलाई बाइसाप गरेर प्रदेश इन्चार्जको जिम्मेवारी समेत पराजुलीलाई दिइएको छ ।