नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रियसभा बैठक – Nepal Press

नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रियसभाको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार बसेको बैठकले नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उनको सम्मानमा एक मिनेट उठेर मौन धारण गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेम्वाङप्रति गहिरो शोक प्रकट गरेको बताए ।

बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । मंगलबार बिहान हृदयाघातका कारण निधन भएका नेम्वाङको बिहीबार अन्त्येष्टि गरिएको छ । राष्ट्रियसभाको अर्को बैठक असोज १२ गते बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर