धरानका उपमेयरको घरमै सांघातिक हमला, भाइमाथि खुकुरी प्रहार – Nepal Press

धरानका उपमेयरको घरमै सांघातिक हमला, भाइमाथि खुकुरी प्रहार

विराटनगर । धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाका भाइमाथि खुकुरी प्रहार भएको छ । धरान १५ सुर्यवस्तीमा बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।

विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी हानेका हुन् ।

खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टीको गालामा चोट लागेको छ ।

धरान १५ मा रहेको उपमेयर बेघाको घरमै प्रवेश गरेर युवाहरुको समूहले भाइ विष्णुमाथि खुकुरी प्रहार गरेका थिए । सूर्य बस्तीका एक हुल केटाहरूले कट्टी लिएर बेघालाई खेदाएको स्थानीयले जानकारी दिएका छन् ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको र खुकुरी प्रहार गर्ने केटाहरूको खोजी कार्य भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताए ।

उपमेयर बेघाले प्रहरी सेवा चुस्तदुरुस्त हुन नसकेको गुनासो फेसबुकमार्फत गरेका छन् । उनले इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्ललालाई फोन गर्दा पनि प्रहरी समयमा नआएको गुनासो गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर