नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासलमा – Nepal Press

नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसहित शीर्ष नेताहरू च्यासलमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धासुमन व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायतका नेता कार्यकर्ता पनि एमाले मुख्यालय गएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि श्रद्धाञ्जली दिए ।

यस्तै, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, राप्रपा नेता पशुपतिशमशेर जबरालगायत शीर्ष नेता पनि च्यास गएका छन् । अहिले नेताहरू आउने क्रम जारी छ ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो । मन्त्रिपरिषद् बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने साथै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर