रहेनन् साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुली – Nepal Press

रहेनन् साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुली

काठमाडौं । साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनिया बल्झिएका कारण ललितपुरको ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको हो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय पराजुलीका दर्जनौं पुस्तकहरू प्रकाशित छन् । पछिल्लो समय ‘जन्तरमन्तर’ कथासंग्रह बजारमा लयाएका उनका ‘कोटेश्वरको केटो’, ‘शुक्रराज शास्त्रीको चश्मा’ , ‘अघोरी’ ‘भ्रष्ट संवेदना’ लगायत पुस्तक चर्चित छन् ।

विशेषगरी कथा लेखनमार्फत ख्याती कमाएका पराजुली आफ्ना कथाहरू मार्फत् सामाजिक तथा राजनीतिक विसंगतिप्रति तीखो आलोचकीय दृष्टिकोण राख्ने गरेका थिए । पारिवारिक स्रोतका अनुसार उनको आज दिउँसो पशुपतिको आर्यघाटमा अन्त्योष्टि गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर