नेम्वाङको निधनबाट मुलुकले शालीन राजनीतिज्ञ गुमाएको छ : अध्यक्ष रेग्मी


काठमाडौं । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट मुलुकले शालीन र सन्तुलित राजनीतिज्ञ गुमाएको बताएका छन् ।
उनले कानूनी क्षेत्रको पृष्ठभूमि भएकाले राजनीतिक, कानूनी र संवैधानिक इतिहासमा पूर्व सभामुख नेम्वाङको समन्वयकारी क्षमतासहितको योगदान स्मरण भइरहने उल्लेख गरे ।
पूर्व अध्यक्ष रेग्मीले भने, ‘सुवासजीको न्याय क्षेत्रमा राम्रो प्रभाव थियो, राजनीतिक र संवैधानिक व्यवस्थामा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका खेल्नुभयो ।’
नजिकबाट चिनेको व्यक्ति भएकाले उनको निधनको खबरले साह्रै दुःख लागेको बताउँदै उनले दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जलीका साथै परिवारजनप्रति समवेदना प्रकट गरे ।