रोनाल्डोविहीन पोर्चुगलले लक्जेम्बर्गलाई गर्यो ९ गोल

२०८० भदौ २६ गते ७:३०

Soccer Football - Euro 2024 Qualifier - Group J - Portugal v Luxembourg - Estadio Algarve, Almancil, Portugal - September 11, 2023 Portugal's Bruno Fernandes in action REUTERS/Pedro Nunes
लन्डन। युरो कप छनोटअन्तर्गत सोमबार राती पोर्चुगलले लक्जेम्बर्गलाई ९-० गोलले हराएको छ।
पोर्चुगलको मैदानमा भएको खेलमा गोन्कालो रामोस, गोन्कालो इनासियो र डिएगो जोताले २/२ गोल गरे।
रिकार्डो होर्टा, ब्रुनो फर्नान्डेस र जोवा फेलिक्सले पनि एक एक गोल गरे। पोर्चुगलले पहिलो हाफमा ४ र दोस्रो हाफमा ५ गोल गरेको थियो।
यो खेलमा पोर्चगिज टोलीमा विश्व कीर्तिमानी क्रिस्टियानो रोनाल्डो थिएनन्। कार्ड प्रतिबन्धका कारण उनले यो खेल गुमाएका थिए।
प्रतिक्रिया
सम्बन्धित खवर