संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई हृदयघात

२०८० भदौ २६ गते ३:४१

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई हृदयघात भएको छ ।
बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
उनको स्वास्थ्य अवस्था बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका नेता शिक्षण अस्पताल पुगेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर