निजी अस्पताल उद्घाटनमा जाँदा विरोध भएपछि भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकले मागे माफी – Nepal Press

निजी अस्पताल उद्घाटनमा जाँदा विरोध भएपछि भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशकले मागे माफी

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले निजी क्यान्सर अस्पताल उद्घाटनमा गएर आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।

डा. पौडेलले राष्ट्रिय युवा संघ चितवनका प्रतिनिधिहरुसँग माफी मागेका हुन् ।

चितवन मेडिकल कलेजले क्यान्सर उपचारको लागि सुरु गरेको अंकोलोजी विभागको उद्घाटन गर्न हिजो आइतबार डा. पौडेल गएका थिए । त्यससम्बन्धी समाचार नेपाल प्रेसमा छापिएको थियो ।

समाचार प्रकाशित भएपछि राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटीवाट क्यान्सर कार्यकारी निर्देशक डा. शिवजी पौडेललाई समान उद्देश्य भएको संस्थाको उद्घाटनको लागि गएको भन्दै चेतावनी पत्र बुझाएको थियो ।

सोही क्रममा उनले आफूले हतारमा निर्णय गरी गल्ती भएको भनी माफी मागेका युवा संघका केन्द्रीय सदस्य शंकर अधिकारीले जानकारी दिए ।

उनका अनुसार युवा संघले सार्वजनिक चासोको रुपमा रहेको देशकै मुटुको रुपमा रहेको बीपी कोइराला मेमारियल क्यान्सर अस्पताल धरासायी बनाउने उद्देश्यले उस्तै प्रकृतिको निजी अस्पताल सीएमसी क्यान्सर ईन्स्टिच्युट उद्घाटन गरेकोमा चेतावनी सहितको पत्र बुझाएको हो ।

संघका चितवन अध्यक्ष झलकराज भट्टको नेतृत्वमा गएको टीमले ध्यानाकर्षण पत्र बुझाउँदै कार्यकारी निर्देशक डा. पौडेल अदृष्य रुपमा चितवन मेडिकल कलेजको क्यान्सर ईन्स्टिच्युटमा लगानिकर्ता रहेको, लाखौँको चलखेलमा कार्यकारी निर्देशक बनेको, मेशिन खरिदमा अनियमितता गरेको लगायतका आरोप लगाउँदै एक हप्ताभित्र राजीनामा गर्न समेत अल्टिमेटम दिएको छ ।

बिरामीको चापअनुसार डाइलाइसिस मेसिन नभएको अवस्थामा उक्त मेसिनले सबै बिरामीलाई उपचार सहज हुने भन्दै राम्रो आशयले आफू गएको उनले स्पष्ट पारेका थिए । कार्यकारी निर्देशक डा. पौडेलले युवा संघका टोलीलाई जवाफ दिँदै भने, ‘म त्यहाँ चिनिन गएको पनि होइन अनि यो अवस्थाको सिर्जना होला भन्ने पनि आँकलन गरिनँ यसमा मेरो कमजोरी रह्यो होला । ११ बजेको कार्यक्रम साढे १० बजे तारन्तार फोन आएपछि गएको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर