स्क्रब टाइफसबाट नवलपुरकी एक महिलाको मृत्यु – Nepal Press

स्क्रब टाइफसबाट नवलपुरकी एक महिलाको मृत्यु

चितवन । नवलपुरबाट उपचार गर्न चितवन आएकी एक महिलाको स्क्रब टाइफसबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ घर भएकी ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

हिजो उपचारको लागि चितवन मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए ।

सूचना अधिकारी केसीका अनुसार स्थानीय अस्पतालमा उपचार पछि आइतबार मात्रै उनलाई चितवन ल्याइएको थियो । स्थानीय अस्पतालबाट रिफर गरि आइतबार उनी मेडिकल कलेजमा भर्ना भएकी हुन् । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले जानकारी दिए ।

चितवनमामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । सूचना अधिकारी केसीका अनुसार ६७ मध्ये २५ जना चितवनका छन् भने बाँकी अन्य जिल्लाका छन् ।

स्क्रब टाइफस रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मान्छेमा सर्दछ । माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट मानिसमा लाग्ने चिकित्सकहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *