प्रधानमन्त्रीलाई धोका दिने काम मबाट हुँदैन : मन्त्री किराँती – Nepal Press

प्रधानमन्त्रीलाई धोका दिने काम मबाट हुँदैन : मन्त्री किराँती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको बताएका छन् । बौद्व जागरण केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

यस्तो छ उनको भनाइः

यो सरकार प्रती आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ यो अवस्थामा मबाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो । इतिहासमा यति धेरै काम हुँदैछ जनतामा आशा बिस्तारै जागेको छ । प्रधानमन्त्रीको यो स्प्रीडलाई समात्नु मेरो पहिलो कर्तव्य हो । मलाई घरी घरी आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब न भएको होइन तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु ।

दलालहरु मलाई भेट्न आँट गर्दैनन कि आफ्नै मान्छेको भेष भुसामा सिखण्डी बनेर आएका हुनकि संङ्का लाग्छ । कृपया त्यसो नगर्नुहोस देशको मुखेन्जी तपाई संगको सम्बन्ध मेरो लागी केहि पनि होइन । देश भन्दामाथी न म छु न मेरो पद छ । जीवनको बाजी थापेर देश बनाउने काममा लाग्नु हो । राजनीति भनेको जीवनको शुख र भोग बिलासको लागि होइन । प्रचण्ड असाधारण मान्छे हुन् परिवार क्षतविक्षत हुँदा पनि निरन्तर लाग्नु राजनीतिको केन्द्र बनि रहन सक्नु । त्यो प्रचण्डको गुण हो । सम्माननीय प्रधानमन्त्री प्रचण्डको को यो अभियानमा म जस्तो सुकै मूल्य चुकाउन तयार छु । मुलुकका सारा असमानताको निम्ति प्रचण्डको नेतृत्वमा युद्व भयो अब सुशासन र आर्थिक क्रान्ति पनि प्रचण्डकै नेतृत्वमा सम्भव छ । युद्ध शान्ति र समृद्धी प्रचण्डको नेतृत्वमा मात्रै सम्भब छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर