अमेरिका भ्रमण टोलीको सदस्य संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन – Nepal Press

अमेरिका भ्रमण टोलीको सदस्य संख्या घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण टोली घटाउन निर्देशन दिएका छन् । यसअघि भारत भ्रमणमा जम्बो टोली लगेको भन्दै चर्को आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले भ्रमण टोली घटाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने ७८ औँ‍ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन भदौ ३० गते अमेरिका जाँदैछन्। प्रधानमन्त्रीले मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रमण टोली सदस्य घटाउन निर्देशन दिएका हुन् ।

भोलि बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण टोलीको सदस्य संख्या टुंगो लगाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, मुख्य सचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्यालसहित नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्यदूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि रहने बताइएको थियो ।

तर, आइतबारको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्रीको भ्रमण टोलीमा नेताहरुले प्रश्न उठाएपछि प्रधानमन्त्रीले घटाउन निर्देशन दिएएको बताइएको छ। संयुक्त राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफललाई असोज ४ गते नेपालको तर्फबाट सम्बोधन गरेर प्रधानमन्त्री असोज ५ गते चीन भ्रमण प्रस्थान गर्ने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर