सांस्कृतिक कार्यक्रममा कुटपिट, एक जना पक्राउ – Nepal Press

सांस्कृतिक कार्यक्रममा कुटपिट, एक जना पक्राउ

कैलाली । बाजुरामा वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका–६ का राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

खप्तडछेडेदह गाउँपालिकाले छेडेदह तालमा कृष्ण जन्माष्टिको दिन आयोजना गरेको वृक्षारोपण तथा सांस्कृतिक कार्यक्रममा कुटपिट भएको भिडियो सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कवीन्द्र बोहराले कुटपिटबाट र नाथ र शाह घाइते भएको बताए ।

घाइते मध्ये नाथको टाउकोमा टाँका लागेका छन् । धनगढीमा उपचार गराएर घर फर्किएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।

उनकाअनुसार कुटपिटमा संलग्न भएको आरोपमा खप्तडछेडेदह गाउँपालिका-७ का अर्जुन रावतलाई पक्राउ गरिएको छ भने अन्य ७ जनाको नाममा समेत किटानी जाहेरी दर्ता गरिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना केही दिन पहिलेको हो । अहिले भिडियो भाइरल भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *