समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै

२०८० भदौ २५ गते ९:०१

फाइल तस्बिर ।
विराटनगर । समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ ।
सन्देश सभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने तय भएको छ ।
भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरू कार्यक्रममा सहभागी हुनेछन् ।
मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देश सभा आयोजना गरिसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर