सर्लाही घटनालाई लिएर गृहमन्त्रीलाई सांसदहरूको ध्यानाकर्षण


काठमाडौं । सर्लाही घटनाप्रति आपत्ति जनाउँदै सांसदहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् । आइतबार एमालेका सेराज फारुकी, माओवादी केन्द्रकी कल्पना मियाँ, रास्वपा सांसद असिम शाह, जसपाका खालिद सिद्दिकी र जनमतका अब्दुल खान पुगेर गृहमन्त्रीकहाँ पुगेर ध्यानाकर्षण गराएका हुन् ।
कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई समुदायबीच झडप भएको थियो । सांसदहरूले मुस्लिम समूदायमाथिको लक्षित आक्रमण भइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको सांसद शाहले बताए ।
सांसदहरुको ध्यानाकर्षणपछि गृहमन्त्री श्रेष्ठले धार्मिक सद्भावमा बिथोल्नेलाई नछाड्दिने प्रतिबद्धता जनाए ।
उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको र दोषीलाई कारबाही हुन्छ।’