समाजवादी मोर्चा औचित्यहीन गठबन्धन, चुनावमा गए एक सीट जित्दैनः धर्मेन्द्र बास्तोला


रुपन्देही । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले संसदवादलाई संस्थागत गर्न समाजवादी मोर्चा गठन भएको आरोप लगाउँदै समाजवादी मोर्चाले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको बताए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समाजवादी मोर्चा औचित्यहीन गठबन्धन भएकाले पतनको बाटोमा रहेको बताएका छन् ।
प्रवक्ता बास्तोलाले उक्त मोर्चा संसदवादलाई संस्थागत गर्न मात्रै प्रयोग भएकाले छिटै पतन हुने दावी गरे । आगामी चुनावसम्म यो मोर्चा कायम रहेर चुनावमा गए एक सीट पनि नजित्ने उनको दावी छ ।
‘यो मोर्चा पतनको बाटोमा छ,चुनावमा गए एक सीट पनि जित्दैन भनेर प्रचण्डलाई पनि भनिदिएको छु’, बास्तोलाले भने । प्रवक्ता बास्तोलाले अहिलेको संसदीय व्यवस्थामा नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री भएको खण्डमा प्रचण्डभन्दा पनि खराब भएर निस्कने आरोप लगाए ।
गणतन्त्रको विकल्पमा जनगणतन्त्र वैज्ञानिक भएको उल्लेख गर्दै जनगणतन्त्रको व्यवस्था नै आमजनताको उत्तम व्यवस्था भएको नेता बास्तालेको दावी छ । उनले अहिलेको संसदीय व्यवस्था रहँदासम्म देशले निकास नपाउने बताउँदै यो व्यवस्था असफल भएको तर्क गर्दै व्यवस्था बदलिएपनि देश र जनताको अवस्था नबदलिएकाले देश र जनताको अवस्था बदल्न संविधान बदल्नु पर्ने बताएका छन् ।
देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउँ हुनुपर्ने बताउँदै त्यसका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भइरहेको नेता बास्तोलाको भनाइ छ । बास्तोलाले प्रचण्ड, ओली र देउवा भ्रटाचारी भएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका अध्यक्ष केपी र कांग्रेस सभापति शेरबहादुर देउवाले वाइटबोडी, प्रिन्टिङ मेशीन, ललिता निवास, गिरीबन्दु, एमसीसी, विभिन्न सन्धि, सम्झौता, विदेशीले दिएको अनुदान र आर्थिक सहयोगमा भ्रष्टाचार गरेको दावी गरेका छन् ।
प्रचण्ड, ओली र देउवाले भ्रष्टाचारलाई संस्थागत गरेको उनको आरोप थियो । उनले प्रचण्ड, ओली र देउवालाई सत्ताका लागि कुर्ची बचाउन राजनीति गरेको दावी गर्दै नेपालमा कानुनी रुपमा भ्रष्टाचार संस्थागत भएको बताए ।
देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताउँदै ललिता निवास, सुनकाण्डसहितका सबै भ्रष्टाचारका काण्डहरु ढिसमिस बनाएर सेलाउने बताए । अमेरिका, भारत, बेलायत लगायतका देशबाट देश चलाउन ल्याइएको पैसामा समेत भ्रष्टाचार भएको बताउँदै उनले भने – ‘देशको विकासका लागि ल्याइएको पैसा एनजीओ र आइएनजीओमा लगानी भयो, त्यसैबाट नेताहरुको कमाउने खेलो भयो ।’
उनले अहिलेको संसदीय व्यवस्था रहँदासम्म देशले निकास नपाउने बताउँदै यो व्यवस्था असफल भएको तर्क गर्दै व्यवस्था बदलिएपनि देश र जनताको अवस्था नबदलिएकाले देश र जनताको अवस्था बदल्न संविधान बदल्नु पर्ने बताएका छन् ।
देशलाई बदल्न क्रान्तिकारी कम्युनिष्ट पार्टी एक ठाउँ हुनुपर्ने बताउँदै त्यसका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीबीच एकताका लागि पहल भइरहेको नेता बास्तोलाको भनाइ छ । उनले उनले शिक्षा, स्वास्थ्य र आवासको अभावले ८० प्रतिशत नेपाली डिप्रेसनमा रहेको बताए ।