बैठकमा प्रधानमन्त्रीलाई सुझाव- सार्वजनिक कार्यक्रममा आफ्नो हाउभाउको ख्याल राख्नू – Nepal Press

बैठकमा प्रधानमन्त्रीलाई सुझाव- सार्वजनिक कार्यक्रममा आफ्नो हाउभाउको ख्याल राख्नू

काठमाडौं । आसन्न चीन भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरूसँग सुझाव संकलन गरेका छन् ।

सिंहदरबारमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।

सुझाव दिने क्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतले कुनै पनि कार्यक्रममा सहभागी हुँदा आफ्नो हाउभाउ ख्याल राख्न आग्रह गरेका छन् ।

यस्तै उनले राष्ट्रलाई दीर्घकालमा असर पर्ने कुनै पनि निर्णय नगर्न भनेका छन् ।

हतारमा कुनै पनि काम नगर्न आग्रह गर्दै उनले भने, ‘पछि सच्याउनै नमिल्ने खालको गाह्रो काम, राष्ट्रका लागि पछि नराम्रो हुने काम नगर्नुहोला ।’

अन्य नेताहरूले पनि देश हित हुने समझदारीहरूमा जोड दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर