नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेलवाल विजयी – Nepal Press

नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा खण्डेलवाल विजयी

रुपन्देही । नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को केन्द्रीय अध्यक्षमा रुपन्देहीका लोकहरि श्रेष्ठलाई पराजित गर्दै वीरगन्जका प्रकाशकुमार खण्डेलवाल विजयी भएका छन् ।

शनिवार वीरगन्जमा भएको निर्वाचनमा खण्डेलवालले प्रतिस्पर्धी श्रेष्ठलाई १७ मतले पछि पार्दै विजयी भएका हुन् । निर्वाचनमा १९५ जनाले मतदान गरेकोमा खण्डेलवालले १०४ मत पाएका थिए भने श्रेष्ठले ८७ मत ल्याएका थिए ।

वीरगन्जमा शनिवार अपराह्न १ बजेदेखि ५ बजेसम्म मतदान भएको थियो ।

निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा उपाध्यक्षमा बुटवलका रामप्रसाद खरेलले १४१ मत ल्याएर जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत ल्याएका थिए । खरेल कामना ड्रग्स तथा पुष्पा फार्मा बुटवलका सञ्चालक हुन् ।

यस्तै केन्द्रीय उपाध्यक्ष आयाततर्फ रामचन्द्र शर्माले १११ मत ल्याएर विजयी भए भने शेखर श्रेष्ठले ७३ मत ल्याए । यस्तै केन्द्रीय उपाध्यक्ष थोकतर्फ टंक प्रसाद अधिकारीले १३० मत ल्याई विजयी भए भने प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ५१ मत प्राप्त गरे ।

केन्द्रीय उपाध्यक्ष खुद्रातर्फ यामनाथ पौडेल १०७ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी हरि प्रसाद विडारीले ८१ मत प्राप्त गरे ।

महासचिवमा श्रीधर खनाल ९७ मत सहित विजयी भए भने प्रशान्त मानन्धरले ९० मत ल्याए । केन्द्रीय कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मत सहित विजयी भए भने प्रतिस्पर्धी राजेशकुमार प्रधानले ८९ मत ल्याए ।

केन्द्रीय सचिवमा कृष्णबहादुर रोकायले १०७ मत ल्याउँदा सृजन कुमार भट्टराईले ८७ मत ल्याए ।

यस्तै केन्द्रीय सदस्य खुलातर्फ बद्री खनाल १३१, भुवनेश्वर बुढामगर ९५, गेहेन्द्रप्रसाद मिश्र ८१, कञ्चन शर्मा खतिवडा १०५, सरला कुमारी विष्ट १३५, मुकुन्दकृष्ण श्रेष्ठ ६३, अविनाशकुमार पाण्डेय ५७ मत ल्याएका छन् ।

संघको ५० औँ स्थापना दिवसका साथ स्वर्ण महोत्सव मनाएको एनसीडीएले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व छान्न शुक्रवारदेखि वीरगन्जमा १४ औँ राष्ट्रिय अधिवेशनको आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर