समाज डेण्टल को १० औँ शाखा सीतापाइलामा

२०८० भदौ २३ गते १९:५९

काठमाडौं । समाज डेण्टल हस्पिटलको १० औँ शाखा सीतापाइलामा खुलेको छ।
‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २३ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टले हस्पिटलले आजदेखि सीतापाइला चोकको त्रिरत्न ताम्राकार हाउसमा आफ्नो सेवा सुरू गरेको हो।
समाज डेण्टल हस्पिटलले सीतापाइला शाखा उद्घाटनका दिन सम्पूर्ण सेवामा ५०% छुट र असोजभरि १५% छुट दिने हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए।
प्रबन्धक घिमिरेले ऐतिहासिक धार्मिक, सांस्कृतिक सहर सीतापाइला क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे।
प्रतिक्रिया
sitapaila basiharulai ta 50% dinu paxa 🙂