प्रेस चौतारी रूकुम पूर्व शाखाको अध्यक्षमा माधव केसी – Nepal Press

प्रेस चौतारी रूकुम पूर्व शाखाको अध्यक्षमा माधव केसी

रूकुम पूर्व। प्रेस चौतारी नेपाल रूकुम पूर्व शाखाको पहिलो अधिवेशनले माधव केसीको अध्यक्षतामा कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा सौगात गौतम,सचिवमा सुबिना गौतम,सहसचिवमा सोनिलिजा गौतम,कोषाध्यक्षमा शेरबहादुर केसी छन् ।

त्यसैगरी सदस्यमा नविना केसी,सविना केसी,सपना राम्जाली,माया रिजाल र अविनेस गौतम रहेका छन् । महिला उपाध्यक्ष,समावेशी सहसचिव र एकजना सदस्य पछि थप्ने चौतारीले जनाएको छ ।

अधिवेशनको उद्धाटन समारोहलाई सम्बोधन गर्दै एमालेका पोलिटब्यूरो सदस्य खेममान खड्काले प्रेस चौतारीमा आवद्व पत्रकारले भ्रष्टाचार विरूद्व कलम चलाएर जनतामाँझ सहि सुचना फैलाउनु पर्ने बताए । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं रूकुम पूर्व इन्चार्ज गणेश आचार्यले अहिले सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै प्रेस चौतारीले त्यसको भण्डाफोर गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर